दक्षिण एसियाली कराते प्रतियोगितामा पदक जित्ने खेलाडीहरू सम्मानित

श्रावण ७, २०८२ |भीमलाल श्रेष्ठ
दक्षिण एसियाली कराते प्रतियोगितामा पदक जित्ने खेलाडीहरू सम्मानित
गोरखा । दक्षिण एसियाली कराते प्रतियोगितामा पदक जित्ने गोरखाका खेलाडीहरूलाई नेपाल कराते महासंघ गोरखाले सम्मान गरेको छ । 

श्रीलंकामा सम्पन्न ९औं दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक जितेका सहिद लखन गाउँपालिका वडा नं ७ का अर्पण थापामगर र सोही वडाकै कास्य पदक विजेता स्मृति गुरूङलाई सम्मान गरिएको हो । 

सोही अवसरमा कराते महासंघले राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रिय खेलकुदमा पनि पदक जित्ने गोरखाका कराते खेलाडीहरूलाई पनि सम्मान गरेको छ । गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगरले खेलाडीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

सम्मान कार्यक्रम सुरू हुन अघि पदक जित्ने खेलाडी लाई बाजागाजासहित गोरखा बजार परिक्रमा गराइएको थियो ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।