एम्मी अवार्ड वितरण समारोहमा लाग्यो स्वतन्त्र प्यालेस्टाइनको नारा

१२ विधामा अवार्ड जितेर कमेडी सिरिज 'द स्टुडियो' ले बनायो बढी एकै सिजनमा बढी अवार्ड विजेताको रेकर्ड
भाद्र ३०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
एम्मी अवार्ड वितरण समारोहमा लाग्यो स्वतन्त्र प्यालेस्टाइनको नारा

काठमाडौं । कला क्षेत्रमा दिइने प्रख्यात एम्मी अवार्ड वितरण समारोहमा स्वतन्त्र प्यालेस्टाइनको पक्षमा आवाज उठेको छ ।

कमेडी सिरिज 'ह्याक्स' का लागि उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी हान्ना आइनबाइन्डरले अवार्ड ग्रहण गर्दै स्वतन्त्र प्यालेस्टाइनको नारा लगाएकी हुन् ।

लस एन्जलसमा आयोजित ७७ औं एम्मी अवार्डमा १५ वर्षीय ओवेन कुपरले नेटफि्लक्सको मिनि सिरिज 'एडोलेसेन्स' बाट अवार्ड जितेर एम्मी अवार्ड इतिहासकै सबैभन्दा कान्छा विजेता बन्न सफल भएका छन् । 

यस्तै, कमेडी सिरिज 'द स्टुडियो' ले बेस्ट कमेडी सिरिजसहित १२ विधामा अवार्ड जितेर एकै सिजनमा धेरै अवार्ड जित्ने रेकर्ड कायम गरेको छ । यस्तै, 'एडोलोसेन्स' ले ६ विधामा अवार्ड जितेको छ । 

सेथ रोगनले बेस्ट एक्टरसहित ४ अवार्ड हात पारेका छन् । यस्तै, 'द पिट' ले बेस्ट ड्रामा सिरिजसहित ३ अवार्ड जितेको छ। एम्मी अवार्ड २६ विधामा वितरण गर्ने गरिन्छ ।