काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ ।
गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियमअनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो ।
सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणमा उपविजेता बनेको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ । सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ ।
यस्तै अर्को फ्रेन्चाइजी टिम मधेश युनाइटेडले पनि मार्की निरूता ठगुन्नाइलाई रिटेन गरेको छ । मधेशले बिहिबार निरूतालाइनै मार्कीमा निरन्तरता दिएको जानकारी दिएको हो । गत सिजन मधेश लिग चरणबाटै बाहिरिएको थियो । मधेशले प्रशिक्षकमा पुर्व राष्ट्रिय खेलाडी कोपिला उप्रेतीलाई नियुक्त गरेको छ ।
दोस्रो संस्करण आगामी भदौ २० देखि भदौ २८ गते सम्म हुनेछ । सहभागी टिमहरूले अक्सनबाट खेलाडी खरिद गर्नेछ । अक्सनबाट प्रत्येक टोलीले 'ए' क्याटेगोरी बाट १, 'बी' बाट ३ र 'सी' बाट ३ गरी ७ खेलाडी खरिद गर्नेछ । अक्सन भोली हुनेछ ।