नवलपरासीमा पानी नपरेपछि भर्खरै रोपेको धान पँहेलियो, उत्पादनमा घट्ने चिन्तामा किसान

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवलपरासीमा पानी नपरेपछि भर्खरै रोपेको धान पँहेलियो, उत्पादनमा घट्ने चिन्तामा किसान

काठमाडौं । लामो समयदेखि पानी नपर्दा पश्चिम नवलपरासीका किसान चिन्तित भएका छन् । भूमिगत र कुलो, नहरको पानी प्रयोग गरेर रोपाइँ गरे पनि आकासेपानी नपर्दा खेतमा धाँजा फाट्न थालेपछि किसान चिन्तित भएका हुन्।

दिनभर लाग्ने चर्को घामले रोपेको धान राम्ररी नसर्दै मर्ने हो कि भन्ने पिरलो किसानलाई छ ।

भूमिगत सिँचाइको व्यवस्था भएका ठाउँमा पनि दुई-दुई दिनमा सिँचाइ गर्नुपर्ने अवस्था आउँदा इन्धन लागत बढेकाले किसान मर्कामा परेका छन् । जिल्लामा अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ भइसके तापनि रोपेको धान पानीको अभावमा पहेलो हुन लागेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख रविन्द्रनाथ चौवेले बताउनुभयो । 

उहाँका अनुसार धान रोपेपछि सिँचाइ नहुँदा वृद्धि विकास नहुने भएकाले उत्पादनमा असर गर्दछ । यता सिचाइँको विकल्प नभएकाले रोपाइँ गर्न बाँकी रहेका किसान आकासेपानी कुरेर बसेका छन् । 

बीउ ठूलो भइसकेकाले एक हप्ताभित्र रोपाइँ गर्न नपाउने हो भने खेत बाँझै हुने चिन्तामा किसान छन् । जिल्लामा हावाहुरी सहित सामान्य वर्षा भए पनि रोपाइँ गर्न मिल्ने गरी भएको छैन । जिल्लामा २१ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.