आरिना साबालेन्काद्वारा क्यानेडियन ओपन टेनिसबाट नाम फिर्ता

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
आरिना साबालेन्काद्वारा क्यानेडियन ओपन टेनिसबाट नाम फिर्ता

काठमाडौं । विश्व नम्बर एक आरिना साबालेन्काले, मोन्ट्रियलमा हुने क्यानेडियन ओपन टेनिसबाट आफ्नो नाम फिर्ता लिएकी छिन् ।

थकानका कारण बेलारुसकी साबालेन्काले युएस ओपनको तयारीका रुपमा रहेको प्रतियोगिता नखेल्ने निर्णय गरेको टेनिस क्यानडाले जानकारी दिएको हो । उत्तर अमेरिकी हार्ड कोर्टमा खेल्न उत्साहित रहेको भए पनि आफ्ना लागि समय दिनुपर्ने भएकाले मोन्ट्रियल नजाने निर्णयमा पुगेको साबालेन्काले उल्लेख गरेकी छिन् । क्यानेडियन ओपन जुलाइ २६ देखि अगस्ट ७ सम्म चल्नेछ । 

 साबालेन्का गत आइतबार सम्पन्न विम्बल्डनको सेमिफाइनलिस्ट हुन् । उनले अन्तिम चारमा अमेरिकाकी एमान्डा एनिसिमोभासँग हार बेहोरेकी थिइन् । त्योभन्दा अघि फ्रेन्च ओपनमा २७ वर्षीया साबालेन्काले अमेरिकाकै कोको गौफसंग उपाधी गुमाएकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.