क्यानले एसीसी यु-१६ ईस्ट जोन कप २०२५ को उपाधि विजेता टोलीलाई जनही ५० हजार पुरस्कार दिने

असार २७, २०८२ |खेल ब्युरो
क्यानले एसीसी यु-१६ ईस्ट जोन कप २०२५ को उपाधि विजेता टोलीलाई जनही ५० हजार पुरस्कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ -क्यानले मलेसियामा सम्पन्न एसीसी यु-१६ ईस्ट जोन कप २०२५ को उपाधि विजेता नेपाली युवा टोली र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

क्यानले जारी गरेको विज्ञप्तिमा टोलीको शानदार प्रदर्शनको प्रशंसा गर्दै नगद पुरस्कार दिने निर्णय गरेको उल्लेख छ ।

विपिन शर्माको कप्तानीमा रहेको नेपाली टोली अपराजित रहदै च्याम्पियन बनेको थियो । जुन २० देखि जुलाई ५ सम्म मलेशियामा आयोजित प्रतियोगिताको फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेशिया र थाइल्याण्ड गरी जम्मा १० देश सहभागी थिए ।