
काठमाडौं । विम्बल्डन टेनिस अन्तर्गत आजको खेलमा पुरुषतर्फ फाल्वियो कोबोली र महिलातर्फ एकाट्रेनिया अलेक्जेन्ड्रोभाले जित हात पारेका छन् । प्रतियोगितामा अहिले सर्बियन स्टार नोभाक जोकोबीच र अस्ट्रेलियाका एलेक्स डि मिनुरबीचको खेल जारी छ ।
इङ्ल्यान्ड क्लबको कोर्ट टू मा भएको खेलमा कोबोलीले मरिन सिलिचविरुद्ध चार सेटमा जित हात पारेकी हुन् । खेलको पहिलो दुई सेटमा कोबोलीले समान ६-४ को जित हाासिल गरेका थिए । सुरुका दुई सेट जितेर रवाफिलो प्रदर्शन गरे पनि खेलको तेस्रो सेट भने टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा भने मरिन सफल भए । यससँगै उनले २-१ को पुनरागमन गरेका थिए । तर प्रतिस्पर्धात्मक चौथो सेटमा टाइब्रेकरमा नै जित हात पारेर कोबोली क्वार्टरफाइनलमा पुगेका हुन् ।
यस्तै महिलातर्फको खेलमा भने अलेक्जेन्ड्रोभाले बेलिन्डा बेनसिसलाई सोझो सेटमा हराएकी छन् । यी दुईबीचको पहिलो सेट भने प्रतिस्पर्धात्मक बनेको थियो । तर सो सेटमा अलेक्जेन्ड्रोभा टाइब्रेकरमा विजयी भइन् । यसैगरी, उनले दोस्रो सेटमा ६-४ को जित निकालेर अन्तिम ८ मा प्रवेश गरिन् ।
जोकोबिच र मिनुरबीचको खेल जारी छ । पहिलो सेटमा ६-१ ले पराजित भएका जोकोबिचले दोस्रो सेटमा ६-४ को जित हाासिल गरेका छन् ।