एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टिमको बिदाइ

असार ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टिमको बिदाइ

काठमाडौं । एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टिम मंगलबार उज्वेकिस्तान प्रस्थान गर्दैछ । प्याट्रिक डी वाइल्डको प्रशिक्षणमा रहेको रहेको नेपाली टिमको सोमबार बिदाइ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङल लगायतले आज खेलाडीको विदाइ गरेका हुन् । युरोपमा खेलेका सावित्रा भन्डारी, एन्जिला तुम्बाप्पो सुब्बा, भुटान लिग खेलिरहेकी पुजा राना र युएइमा लिग विजेता बनेकी रेखा पौडेल सम्मिलित टिम सन्तुलित छ । टिममा रेनुका नगरकोटी, प्रिती राई, सविता रानालगायतका खेलाडी समावेश छन् । प्रशिक्षक डी वाइल्डले तयारीको अवसर केही कप भएको प्रतिृकया दिएका छन् । नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दा डी वाइल्ड जिम्मेवारीमा थिएनन् । कप्तान एन्जिलाले विदेशी प्रशिक्षक र उत्कृष्ट टिम भएकाले सकारात्मक नतिजाको अपेक्षा गर्न सकिने उल्लेख गरिन् ।

यस्तै सावित्रा भन्डारीले प्लेइङ इलाभेनमा पर्न नै प्रतिस्पर्धा रहेको उल्लेख गरेकी छिन् ।

नेपालले समूह चरणमा श्रीलङका, लाओस र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्नेछ । लाओससँगको खेल नेपाली महिला फुटवल टिमका लागि एक सयौं अन्तर्राष्ट्रिय खेल पनि हुनेछ । दोस्रो खेल जुलाइ ५ मा श्रीलङका र जुलाइ ५ मा आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि उज्वेकिस्तान सबैभन्दा कडा प्रतिस्पर्धीका रुपमा हेरिएको छ । शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कप खेल्नेछ । यस्तै पहिलो हुनेले फिफा विश्वकप र ओलम्पिक छनोट खेल्ने अवसर पनि प्राप्त हुने हुँदा यो प्रतियोगिता महत्वपूर्ण छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.