पहिलो राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताबाट उदाए नयाँ प्रतिभा

जेष्ठ २९, २०८२ |प्रदीप लेखी
पहिलो राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताबाट उदाए नयाँ प्रतिभा

काठमाडौं । स्कुले बालबालिकामा लुकेका प्रतिभा उजागर गर्दै नेपाली खेलकुदको दीर्घकालीन विकास गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक आयोजना गरेको राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताबाट नयाँ प्रतिभावान खेलाडीको उदय भएको छ ।

प्रतियोगिताको ५ इभेन्ट्समा सातै प्रदेशका ४ सय ७६ खेलाडी सहभागी भए । यसले आउने दिन नेपाली खेलकुदलाई थप उचाईमा पुर्‍याउने विश्वास खेलकूद परिषद्ले गरेको छ ।

जिल्ला र प्रदेशबाट छनोट हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन काठमाडौं आएका विद्यालयका खेलाडीहरूले रोमाञ्चक अनुभव गरे । चौर र माटोको ट्रयाकमा दौडने गरेकी रूपन्देहीकी चाादनी पासीले दशरथ रंगशालाको सेन्थेटिक ट्रयाकमा पहिलो पटक दौड्दा अनौठो महसुस गरिन् । उनले ८०० मिटर र १०० मिटर रिलेमा स्वर्ण जितिन् ।

बागमती प्रदेशबाट सहभागी हस्ती सुनारले यो प्रतियोगितालाई आफ्नो जीवनकै सुनौलो मौकाको रूपमा लिइरहेका छन् । सानैदेखि दौड्ने सौख भएका उनलाई कुनै दिन राष्ट्रिय खेलाडी बनेर देशका लागि पदक जित्ने हुटहुटी छ । उनले पनि ८०० मिटर दौडमा स्वर्ण जिते । भन्छन्(प्रतियोगिता सबै खेलाडीका लागि राम्रो अवसर हो ।

विद्यालय वास्तवमै खेलाडी उत्पादनको आधारशीला हो । यही कुरालाई महसुस गरेर खेलकुद परिषद्ले प्रतियोगिता आयोजना गरेको हो । यस्ता प्रतियोगितामार्फत् आगामी दिनमा राष्ट्रिय खेलकुद प्रतियोगिता, दक्षिण एसियाली खेलुकद, एसियाली खेलकुद र ओलम्पिक जस्ता प्रतिष्ठित प्रतियोगितामा नेपालको उल्लेखनीय सहभागिता गराउने परिषद्को उद्देश्य छ ।

विद्यालयमा खेलकुदका गतिविधि पनि हुन्छन् । तर विद्यार्थीले सिकेका कुरा देखाउने कुनै माध्यम नै थिएन । यसपटक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले प्याब्सन, एनप्याब्सन र विद्यालय खेलकुद संघसँग मिलेर पहिलो पटक प्रतियोगिता गर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने अवसर पाए ।

प्रतियोगिताको पााच इभेन्टमा सात प्रदेशका चार सय ७६ खेलाडी सहभागी भए । त्यसमध्ये २५ जनाले स्वर्ण, २५ ले रजत तथा ३३ जनाले काास्य गरी ८३ खेलाडीले पदक हात पारे । यो पदकले उनीनहरुको मनोबलमात्र उच्च बनाएन, लुकेका प्रतिभालाई उजागर गर्दै राष्ट्रिय खेलाडी बन्ने ढोकासमेत खोलिदिएको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।