एएफसी एसियन कप छनोट : नेपाली टोली स्वदेश फर्कियो

जेष्ठ २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एएफसी एसियन कप छनोट : नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं-एएफसी एसियन कप छनोट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गएराति काठमाडौं आइपुगेको हो ।

जारी छनोटमा अंकको खाता खोल्ने लक्ष्यसहित गएको नेपाल असफल भयो । लाओससँग नेपाल दुई-एक गोलले पराजित भएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले लाओससँग पहिलो पटक हार बेहोरेको हो । मनिष डाँगीले पेनाल्टीमा गोल गर्दै आशा जगाए पनि नेपाल हार बेहोर्न बाध्य भयो । छनोट चरणमा नेपाल अझै जीतविहीन छ । 

पहिलो खेलमा किरण चेम्जोङको टिम मलेसियासँग दुइ शुन्य गोलले पराजित भएको थियो । लाओससँग प्रतिस्पर्धा गर्नुअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बलियो हङकङलाई गोलरहित बराबरीमा रोकेपछि लाओससँग अंक लिने अनुमान गरिएको थियो । तर सम्भव भएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.