स्क्वासको फाइनलमा विपना ब्लोन र स्वस्थानी भिड्ने

जेष्ठ ३०, २०८२ |खेल ब्युरो
स्क्वासको फाइनलमा विपना ब्लोन र स्वस्थानी भिड्ने

काठमाडौं । स्क्वासमा नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबीच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताअन्तर्गत महिला एकलको उपाधिलागि भिडन्त हुने भएको छ ।

नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११-०, ११-४ र ११-३ तथा स्वस्थनीले अस्मिता नगरकोटीलाई ११-३, ११-५ र ११-४ ले हराए । 

यसअघि, सोही दिन भएको क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११-४, ११-५, ११-१ स्वस्थानीले रनसा महर्जनलाई ११-५, ११-३ १२-१०, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११-५, ११-७ ११-६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७-११, ६-११, ११-९, ११-५ र १३-११ ले हराएका थिए ।

यसैगरी नेपालका अरहन्त केशर सिम्ह पुरूष एकलको फाइनलमा पुगेका छन् । बागमतीको प्रतिनिधित्व गरेका अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई सजिलै ११-२, ११-३, ११-४ ले हराए । 

शुक्रबारै क्वार्टरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११-६, ११-५ र ११-५ तथा नैनबहादुरले जान जिसीलाई ११-४, ११-४ र ११-४ ले पराजित गरेका थिए । अरहन्तले फाइनलमा दिपक थापा अथवा पासाङ ब्लोनमध्ये एकविरूद्ध खेल्नेछन् । 

क्वार्टरफाइनलमा दीपकले आभन श्रेष्ठलाई ११-३, ११-४ र ११-७ तथा पासाङले सुर्य कुमार राईलाई ११-५ ११-९ र ११-८ ले निराश पारेका थिए ।