कोशी सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा, रोजगारमुखी बजेटको अपेक्षा

जेष्ठ ३०, २०८२ |सुशीला पाठक
कोशी सरकार आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा, रोजगारमुखी बजेटको अपेक्षा

विराटनगर । कोशी प्रदेश सरकारले यही असार एक गते बजेट ल्याउँदैछ। सरकारले विशेष गरी पूर्वाधार, विकास निर्माण, सरकारी भवन निर्माण, पुलपुलेसा, पर्यटन शिक्षा स्वास्थ्यलाई प्राथमितकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । 

प्रदेश सभा सदस्यहरूले आफ्नो क्षेत्रमा बजेट पार्न गरिरहेको लबिङले यसपटक पनि टुक्रे योजनालाई बजेट छुट्याउनुपर्ने चेपुवामा प्रदेश सरकार छ ।

कोशी प्रदेश सरकारले बजेट ल्याउने अन्तिम तयारीमा जुटेका बेला जनप्रतिनिधिहरूले भने सडक, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग गरेका छन् ।

यता, सर्वसाधारणहरूले भने रोजगारमुखी, विकासमुखी, मानव प्रवर्द्धनलगायतका क्षेत्रलाई प्राथमिकता राखेर बजेट ल्याउन माग गरेका छन् ।

कोशी प्रदेश सरकारले गत वर्षकै आकारमा बजेट ल्याउने जनाएको छ । बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन नहुने भनेर आलोचना खेपीरहेका बेला प्रदेश सरकारले कार्यान्वयन पक्षलाई ध्यानमा राखेर बजेट ल्याउनु आवश्क छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।