एजेन्सी । आइसीसी विश्वकप क्रिकेट लिगमा नेदरल्यान्डसले , सकटल्यान्ड माथि चार विकेटको ऐतिहासिक जीत हात पारेको छ । स्कटल्यान्डका जर्ज मुन्जीको किर्तिमानी शतक हार संगै छायामा पर्यो । डच टिमले ३ सय ७० रन चेज गरेको हो ।
डन्डीमा टस जितेर ब्याटिङ गरेको घरेलु टिम स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६९ रनको विशाल योगफल बनाएको थियो । ओपनर चार्ली टियर २३ रनमा आउट भएका थिए । ब्रेन्डम मक्मलेनले २१ र लियाम नेलरले १४ रन जोडे । फिन्ले मेक्क्रेथ ९ रनमानै आउट भएका थिए । स्टकल्यान्डको इनिङसमा मुन्जीले १ सय ९१ रनको किर्तिमानी इनिङस खेले । उनलाइ दोहोरो शतक बनाउन बाट भिभियन किंग्माले रोकेका हुन् । १ सय ५० बल खेलेका मुन्जीले १४ चौका र ११ छक्का प्रहार गरेका थिए । उनी एकै ओडिआइमा सर्वाधिक रन बनाउने पहिलो एसोसिएट खेलाडी बने ।
यसअघि सन २०१० मा आयरल्यान्डका पल स्र्टलिङले क्यानडा विरुद्ध १ सय ७७ रनको किर्तिमानी बनाएका थिए । आयरलयान्ड हाल टेस्ट मान्यता प्राप्त राष्ट्र हो । कप्तान म्याथ्यु क्रसले ५९ र माइकल लिस्कले अविजीत २८ रन बनाए । आर्यन दत्त र माइकल लेभिटले दुइ दुइ विकेट लिए । जवाफमा नेदरल्यान्डसले ४ बल बांकी रहदा ६ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि ओपनर म्याक्स ओ डड ले अविजीत १ सय ५८ रनको उत्कृष्ट इनिङस खेले । एक सय ३० वलमो सामना गरेका उनले १३ चौका र ४ चौका प्रहार गरे । ओडिआइमा उनको यो पहिलो शतक हो ।
यस्तै नेदरल्यान्डसका लागि एकै ओडिआइमा उच्च रन बनाउने पनि उनी पहिलो खेलाडी हुन् । लेभिटले ४४, तेजा निदा मानुरुले ५१ र नोहा क्रसले ५० रनको योगदान गरेपछि नेदरल्यान्डसले ओडिआइमा आफ्नो अहिले सम्मको उच्च रन चेज गर्यो । साफ्यान सरिफले तीन विकेट लिएका थिए ।
समग्रमा यो दोस्रो सर्वाधिक रन चेज हो । २००६ मा दक्षिण अफ्रिकाले अस्ट्रेलिया विरुद्ध ४ सय ३५ रन पुरा गरेको थियो । जारी सिरिजमा नेदरल्यान्डसको यो पहिलो जीत हो । यसअघि उसले नेपाल संगका दुवै र स्कटल्यान्डस संगको पहिलो खेलमा हार बेहोरेको थियो । अब नेपाल , नेदरल्यान्डस र स्कटल्यान्ड बीच आइतबार बाट टि ट्वान्टी आइ सिरिज हुनेछ ।