
काठमाडौं । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा चिलीमाथि १-० को जित हात पारेको छ । खेलको एक मात्र गोल जुलियन अल्भारेजले गरेका थिए भने फ्राङ्को मास्तान्तुओनोले राष्ट्रिय टोलीबाट पहिलोपटक खेले ।
खेलको सुरूआतमा चिलीले अवसर पाएपनि अलेक्जिस सान्चेजको प्रयास गोलकिपर एमिलियानो मार्टिनेजले रोकिदिए । अर्जेन्टिनाले त्यसपछि खेल नियन्त्रणमा लिएर आक्रमण जारी राख्यो ।
१६औं मिनेटमा लियोनार्डो बालेरडीको पासबाट सुरू भएको मुभमा थियागो आल्मादाले बल अघि बढाउँदै अल्भारेजलाई पास दिए । अल्भारेजले गोलकिपरलाई चिप गर्दै सहजै गोल गरे ।
दोस्रो हाफमा लियोनल मेस्सी निको पासको स्थानमा मैदानमा आएका थिए । अर्जेन्टिनाले दुई कर्नर र एक फ्रि-किक पाएपनि गोल गर्न सकेन ।
चिलीले पनि केही प्रयास गर्यो, तर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरे । एक प्रहार क्रसबारमा लाग्यो । मेस्सीको थ्रु पासमा जुलियानो सिमेओनले साइडपोस्टमा प्रहार गरे । तर अर्जेन्टिनाले अल्भारेजको गोलमार्फत् बनाएको अग्रता अन्त्यसम्म कायम राख्यो र जित हात पार्यो ।
यससागै अर्जेन्टिना १५ खेलमा ३४ अंकसहित शीर्ष स्थानमा यथावत् छ । यस अघिनै विश्वपमा स्थान बनाइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले बुधबार कोलम्बियासाग खेल्नेछ । यस हारले १५ खेलमा १० अंकसहित पुछारमा रहेको चिल्लीको विश्वकप यात्रा कठिन हुने भएको छ ।