काठमाडौं । इटालीयन खेलाडी लोरेन्जो मुसेट्टी फ्रेन्च ओपन ग्रान्ड स्ल्याम टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन ।
आठौं वरियताका मुसेट्टीले दसौं वरियताका डेनमार्कका होल्गर रूनलाई चार रेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन । मुसेट्टीले रूनलाई ७-५, ३-६, ६-३, ६-२ को सेटमा पराजित गरे । जितसँगै मुसेट्टी ग्रान्ड स्लामको इतिहासमै पहिलोपटक अन्तिम आठमा स्थान बनाउन सफल भए ।
अब क्वार्टरफाइनलमा मुसेट्टीको सामना अमेरिकाका फ्रान्सेस टियाफोसँग हुनेछ । टियाफोले जर्मनीका ड्यानियल आल्टमायरलाई ६-३, ६-४, ७-६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । टियाफो पनि रोल्याण्ड गारोसमा पहिलो पटक क्वार्टरफाइनल पुगेका हुन् ।