काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङ र किफायती बलिङमा नेपालले आईसीसी विश्वकप लिग टु मा स्कटल्यान्डमाथि रोमाञ्चक जित दर्ता गरेको छ ।
७ महिनापछि एकमदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपालले घरेलु टोलीविरूद्ध १ विकेटको जित हात पारेको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले आफ्नो हालसम्मकै उच्च लक्ष्य सफलतापुर्वक चेज गर्यो ।
स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेके थियो । पहिले ब्याटिङ गरेको स्कर्टल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो । जर्ज मुन्जे १२ रनमा रिजन ढकालको सिकार भए ।
दोस्रो विकेटका लागी ब्रेण्डन म्याकमुलन र चाल्र्स टिएरले ६१ रनको साझेदारी गरे । म्याकमुलन १९ रनमा बाहिरिए । टिएरले चौंथो विकेटका लागि म्याट क्रससँग मिलेर ७८ रनको अर्को अर्धशतकीय साझेदारी गरे ।
टिएरले सर्वाधिक ८० रन जोडे । कप्तान रिची बेरिङ्टन ४० रनमा आउट भए । बेरिङ्टन र चाल्र्सलाई करण केसीले लगातार २ ओभरमा कट बिहाइन्ड गरेपछि घरेलु टोलीको स्कोरिङ रेटमा गिरावट आएको थियो ।
क्रस र फेन्ली म्याक्रिथबीच पुनः ७८ रनको साझेदारी भयो । क्रस ३९ रन जोडेर सन्दीप लामिछानेको बलमा क्याचआउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोडे । फेन्ली म्याक्रिथले ५५ रन बनाए । नेपालका लागी सोमपाल, करण र रिजन ढकालले समान २-२ तथा सन्दीपले १ विकेट लिए ।
जवाफमा २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहदै ९ विकेट गुमाएर पूरा गर्यो । कुशल भुर्तेल र आसिफ शेखले ७२ रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई राम्रो सुरूवात दिलाए ।
कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रको अर्धशतकीय योगदान दिए । आसिफले ३३ बलमा २ चौकासहित २० रन बनाए । भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागी ७४ रनको साभलेदारी गरे । भिम ४० र रोहित ३७ रनमा बाहिरिए ।
दिपेन्द्रसिंह ऐरी र आरिफ शेखको ब्याट चल्न सकेन । दिपेन्द्र ८ र आरिफ ७ रनमा आउट भए । गुल्सन झा र करण केशीबिच ६० रनको साझेदारी भयो । गुलशनले ३० बलमा ३ चौका र ३ छक्का सहित ४२ रन जोडे । सोमपाल १ र सन्दीप ५ रनमा बाहिरिए ।
नेपाललाई जितका लागि अन्तिम बलमा १ रन आवश्यक थियो । मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपाल विजयी भयो । करणले ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रनको अविजित आक्रमक अर्धशतकीय योगदान दिए । स्कटल्यान्डका ब्रेण्डन म्याकमलेनले ३ तथा माइकल लिस्क र ज्याक जार्भिसले समान २-२ विकेट लिए ।
जितपछि नेपाल लिग टुको तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालले १३ खेलमा ३ जित सहित ८ अंक जोडेको छ । १७ खेलमा २० अंकका साथ स्कटल्याणड चौथो स्थानमा छ । जारी त्रिकोणात्मक सिरिजमा नेपालले भोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ ।