ग्रान्डस्लाम टेनिसमा सिनरकाे पुनरागमन

जेष्ठ १३, २०८२ |खेल ब्युरो
ग्रान्डस्लाम टेनिसमा सिनरकाे पुनरागमन

काठमाडौं । विश्व नम्बर एक यानिक सिनरले फ्रेन्च ओपनको पहिलो चरणमा घरेलु खेलाडी आर्थर रिन्डर-नेकलाई सोझो सेटमा हराउँदै ग्रान्डस्लाम टेनिसमा पुनरागमन गरेका छन ।

अष्ट्रेलियन ओपनको उपाधि रक्षा गरेपछि तीन महिनाको प्रतिबन्धमा परेका इटालियन स्टार सिनरले घरेलु खेलाडीविरूद्ध केही संघर्ष गरेपनि अन्त्यमा सहज जित निकाल्न सफल भए ।

पहिलो सेट ब्रेक गर्दै ६-४ को नतिजा हात पारेका सिनरले दोस्रो सेटमा थप बलियो प्रदर्शन गरे । शक्तिशाली फोरह्यान्ड प्रहारका साथ उनले दोस्रो सेट ६-३ ले जिते ।

तेस्रो सेटमा रिन्डर-नेकले पुनरागमन गर्दै दर्शकमा उत्साह भरे पनि सिनरले पुनः खेल नियन्त्रणमा लिँदै प्रतिस्पर्धात्मक अन्तिम सेट ७-५ ले आफ्नो पक्षमा पारे । सिनर १५औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन ।