काठमाडौं । सर्वियाका नोभाक जोकोभिचले फ्रेन्च ओपनमा विजयी सुरूवात गरेका छन । जोकोभिच किर्तिमानी २५ औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन ।
पुर्व नम्बर एक जोकोभिचले पहिलो चरणको खेलमा अमेरिकाका मेकान्जी मेक्डनल्डलाई सोझो सेटमा पराजित गरे । एकलतर्फ एक सयौं टुर लेभल उपाधि जितेको तीन दिनपछि जोकोभिच पुन: क्ले कोर्टमा उत्रिएका हुन ।
उनले जेनेभा ओपनको फाइनलमा हुबर्ट हुर्काजलाई पराजित गरेका थिए । जोकोभिचले विश्व वरियताको ९८औं स्थानमा रहेका मेक्डनल्ड विरूद्धको पहिलो सेट ६-३ ले जिते ।
छैटौं वरियतामा रहेका उनले दोस्रो सेट पनि ६-३ ले नै आफ्नो पक्षमा पारेका हुन् । एक पक्षीय बनेको खेलमा जोकोभिचले कुनै पनि समय मेक्डनल्डबाट बलियो चुनौतीको सामना गर्नु परेन् । तेस्रो सेटमा ६-३ को नतिजा निकाल्दै ३८ वषिर्य जोकोभिचले अघिल्लो चरणमा स्थान सुरक्षित गरे ।
उनले एक घन्टा ५८ मिनेट समय कोर्टमा खर्चिएका थिए । रोलन्ड ग्यारोसमा जोकोभिचले पहिलो चरणमा खेलेका सबै २१ खेलमा जीत हात पारेका छन । पुरूष तर्फकै अन्य खेलमा ब्रिटेनका ज्याक ड्रापरले इटालीका मातिया बेलुचीलाइ चार सेटमा हराएका हुन् ।
ड्रापरले पहिलो सेट ३-६ ले गुमाएका थिए । तर बांकी सेटमा ६-१, ६-४, ६-२ को जीत हात पारेका हुन् । भेट्रान गेइल मोफिस पहिलो चरणबाटै बाहिरिन बाट जोगिएका छन् । उनी ३८ वर्षिय फ्रेच्न मोफिस दुइ सेटले पछि परेका थिए ।
उनले बोलिभियाका ह्युगो डेलिन माथि पांच सेटको रोमान्चक जीत हात पारेका हुन् । ह्युगोले ६-४, ६-३ ले जित्दै उत्कृष्ट सुरुवात गरेका थिए । तर मोफिसले बाँकी तीन सेटमा ६-१, ७-६ , ६-१ को जीतका साथ दोस्रो चरणमा स्थान बनाए ।
उनी सुरूवाती दुई सेट हारेर विजयी भएको केबल दोस्रो पटक हो । जर्मनीका अलेक्जेन्डर ज्वेरेभले पनि दोस्रो चरणमा स्थान सुरक्षित गरे । उनले अमेरिकाका लर्नर टिएन माथि ६-३, ६-३, ६-४ को जीत हात पारे ।
अस्ट्रेलियाका आलेक्स ड मिनोले सर्वियाका लास्लो जेरे माथि सोझो सेटको जीत हात पारे । रुसका ड्यानियल मेदभेदेभ भने पहिलो चरणबाटै बाहिरिए । करिब चार घन्टा चलेको खेलमा ब्रिटेनका क्यामरून नरीले मेदभेदेभलाई पाँच सेटमा स्तब्ध पारे ।