फ्रेन्च ओपन : महिलातर्फ अमेरिकाकी कोको गौफकाे सहज जित

जेष्ठ १४, २०८२ |खेल ब्युरो
फ्रेन्च ओपन : महिलातर्फ अमेरिकाकी कोको गौफकाे सहज जित

काठमाडौं । फ्रेन्च ओपनको महिलातर्फ अमेरिकाकी कोको गौफले अस्ट्रेलियन ओलिभिया गाएकीलाई सोझो सेटमा पराजित गरेकी छन ।

सन २०२२ को फ्रेन्च अेापन फाइनलिस्ट गौफले पहिलो सेट ६-२ ले जितेकी थिइन् । दोस्रो सेट पनि सहजै ६-२ ले नै जित्दै अघिल्लो चरणमा स्थान बनाइन् । 

उनले जितका लागि एक भन्दा थोरै समय बढी लगाएकी थिइन् । रूसकी मिरा आन्द्रेभाले पनि जित हात पारेकी छन । मिराले स्पेनकी क्रिस्टिना बुस्कालाई ६-४, ६-३ को सेटमा पराजित गरेकी हुन् । 

अमेरिकाकी जेसिका पिगुलाले रोमानियाकी एन्का टोडोनीमाथि ६-२, ६-४ को सहज जित हात पारिन् । ट्युनिसियाकी अन्ज जबेर भने प्रतियोगिताबाट बाहिरिएकी छिन् । पोलिस खेलाडी माग्डालेना फ्रेचले जबेरलाई ७-६, ६-० को सोझो सेटमा स्तब्ध पारेकी हुन् ।