क्रिस्टल प्यालेसले एफए कप जितेको सफलतालाई भव्य रूपमा मनाइयाे

जेष्ठ १३, २०८२ |खेल ब्युरो
क्रिस्टल प्यालेसले एफए कप जितेको सफलतालाई भव्य रूपमा मनाइयाे

काठमाडौं । क्रिस्टल प्यालेसले एफए कप जितेको सफलतालाई दक्षिण लन्डनमा भव्य रूपमा मनाएको छ ।

उत्सवमा हजारौँ समर्थकहरूको उपस्थिति थियो । क्रिस्टल प्यालेसले गत साता वेम्बली स्टेडियममा म्यानचेस्टर सिटीलाई १-० गोलले हराउँदै क्लब इतिहासमै पहिलो प्रमुख उपाधि जितेको थियो । जितसँगै क्लबले आगामी सिजनको युरोपा लिगमा स्थान बनाएको छ । 

जुन क्रिस्टल प्यालेसको पहिलो युरोपियन यात्रा हुनेछ । साथै, उसले अब इंग्लिस सिजनको परम्परागत उद्घाटन खेल कम्युनिटी शिल्डमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।