काठमाडौं । साउदी प्रो लिग च्याम्पियन अल इत्तिहादलाई ट्रफी प्रदान गरिएको छ ।
गएराति सम्पन्न लिगको अन्तिम खेलमा दमाकलाई १-० गोलले पराजित गर्दै अल इत्तिहादले लिग समाप्त गरेको छ ।
अल इत्तिहादले दुई खेलअगावै लिगको उपाधि सुरक्षित गरिसके पनि जेद्दास्थित किङ अब्दुल्ला स्टेडियममा आयोजित अन्तिम खेलपछि मात्रै ट्रफी दिइएको हो ।
हजारौँ समर्थकहरूको उपस्थितिमा ट्रफी वितरण समारोह सम्पन्न भएको थियो । यससँगै अल इत्तिहादले सिजनको पहिलो उपाधि जितिसकेको छ । अब उसको लक्ष्य किंग्स कप अफ च्याम्पियन्सको फाइनलमा केन्द्रित हुनेछ ।