काठमाडौं । नोभाक जोकोभिचले जित सहित आफ्नो ३८औं जन्मदिन मनाएका छन । जितसँगै उनी एटीपी २५० जेनेभा ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन ।
दोस्रो वरियताका सर्बियन स्टारले इटालीका माटेओ आर्नाल्डीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । जोकोभिचले पहिलो सेट ६-४ र दोस्रो सेट पनि समान ६-४ ले आˆनो पक्षमा पारेका थिए ।
जोकोभिचले दोस्रो सेटमा ४-१ ले पछि परेपनि उत्कृष्ट पुनरागमन गर्दै विजय हासिल गरे । यससँगै जोकोभिचले मड्रिड मास्टर्समा बेहोरेको हारको बदला समेत लिएका छन । आर्नाल्डीले अप्रिलमा मड्रिड मास्टर्समा जोकोभिचलाई हराएका थिए ।
अब जोकोभिच ओपन ऐरामा १ सय वा सोभन्दा बढी टुर स्तरको उपाधि जित्ने खेलाडीको सूचीमा पुग्न दुई जीत मात्र टाढा छन । यस सूचीमा रहेका जिम्मी कोनर्स १०९ उपाधि र रोजर फेडेरर १०३ उपाधि जितेका छन ।
शीर्ष वरियताका अमेरिकी खेलाडी टेलर फिट्ज भने छैटौं वरियताका पोल्यान्डका हुबर्ट हुर्काचसँग ६-३ र ७-६ को सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन ।