काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलको ६४औं खेलमा लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा पाहुना टोली लखनऊले सहज जित हासिल गरेको हो।
हारका बाबजुद पनि गुजरात यसअघि नै प्लेअफमा पुगिकेको छ। तर, उसलाई क्वालिफायर्समा पुग्न थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएको छ। प्रतियोगिताबाट बाहिरिए पनि यस सिजन लखनऊले गुजरातविरूद्धका दुवै खेलमा जित हात पार्यो ।
घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङमा आएको लखनऊले २० ओभरमा दुई विकेट मात्रै गुमाएर दुई सय ३५ रन बनाएको थियो।
लखनऊको जितमा मिचेल मार्सको भुमिका नायक रह्यो। एडन मारकरम २४ बलमा ३६ रन बनाएर आउट भएपनि मिचेलले ६४ बलमा एक सय १७ रनको योगदान गरे।
खेलमा १० चौका र र ८ छक्का प्रहार गरेर उनले शानदार पारी खेलेका थिए। १८ ओभर दुई बलमा मार्स आउट हुँदा लखनऊले २ सय १२ रन बनाइसकेको थियो। सहज अवस्थामा पुगेको लखनऊको लागि निकोलस पुरनले ५४ रनको विस्फोटक अर्धशतकीय पारी खेले भने ऋषभ पन्तले पनि १६ रनको योगदान गर्न सके।
गुजरतका अर्षद खान र साई किसोरले समान १-१ विकेट लिएका थिए। जवाफमा दुई सय ३६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा नौं विकेट गुमाएर दुई सय २ रन मात्रै बनाउन सक्यो।
उसका लागि ओपनर साई सुदर्शनले २१ रनको योगदान गर्न सके भने सुभ्मन गिलले पनि ३५ रन बनाए। ओपनिङ जोडीले ४६ रन बनाउँदा जस बटलरले ३३ रनको योगदा गर्न सके।
सेरफर रूदरर्फडले ३८ रन जोडे। पाँचौ नम्बरका मोहम्मद साहरूख खानाले मात्रै अर्धशतक बनाए। बाँकी खेलाडीहरूले लामो साझेजारी गर्न नसक्दा गुजरात घरेलु समर्थकमाझ पराजित हुन पुग्यो।
गएरातिको जितमा गुजरातका विल ओरूकले उत्कृष्ट बलिङ गरेर तीन विकेट लिए। उनले ४ ओभरमा २७ रन मात्रै प्रदान गरे। अभेष खान र आयुष बोदानीले पनि समान २-२ विकेट लिएका थिए।
आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलुरूले सनलाइजर्स हैदराबादको सामना गर्नेछ।