काठमाडौं । रियाल मड्रिडका सबैभन्दा सफल खेलाडीमध्ये एक तथा सन् २०१८ का 'बालोन दाे' विजेता लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनमा आफ्नो बसाइ टुंग्याउने भएका छन ।
क्रोएसियाली मिडफिल्डर मोड्रिच सन् २०१२ मा रियाल मड्रिडमा आबद्ध भएका थिए । उनले क्लबका लागि करिब ६ सय खेल खेलेका छन भने ३० वटा जति उपाधि जितेका छन । जसमा कीर्तिमानी ६ वटा च्याम्पियन्स लिग उपाधि र ४ वटा ला लिगा उपाधि पनि समावेश छन् ।
उनले बर्नाबेउ मैदानमा अन्तिम खेल भोलि रियाल सोसिडाडविरुद्धको खेल्ने छन् । जुन ला लिगामा रियालका लागि अन्तिम खेल समेत हुने छ । ३९ वर्षीय मोड्रिचले क्लब विश्वकपपछि रियालबाट औपचारिक रूपमा बिदा लिने घोषणा गरेका छन् । क्लब विश्वकप आगामी महिना सुरू हुँदैछ ।