हुम्ला जिल्ला साक्षर घोषणा

जेष्ठ ९, २०८२ |जनकबहादुर शाही
हुम्ला जिल्ला साक्षर घोषणा

हुम्ला । हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९६ दशमलव ४ प्रतिशत हुनुपर्ने मापदण्ड पूरा भएपछि हुम्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको हो ।

यससँगै हुम्ला नेपालको ६७औं र कर्णाली प्रदेशको ८औं साक्षर जिल्ला बनेको हो । १५–६० वर्ष उमेर समूहका ३५ हजार ३ सय ५४ जनसंख्यामध्ये ३३ हजार ९ सय ५४ जना साक्षर भएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले बताउनुभयो । 

यो उमेर समूहका १४ सय नागरिक अझै निरक्षर छन् । शिक्षा विकास तथा समन्वय इकाई, हुम्लाको तथ्यांकअनुसार ताँजाकोट गाउँपालिकामा ६६, अदानचुलीमा १ सय ९२, चंखेलीमा १ सय ९२, सर्केगाडमा ३ सय १४, खार्पुनाथमा १ सय ९४, सदरमुकाम सिमकोटमा ३ सय ७१ र नाम्खा गाउँपालिकामा १ सय ११ जना गरी १ हजार ४ सय ४० जना अझै निरक्षर छन् ।

अब कर्णाली प्रदेशका कालीकोट र डोल्पा जिल्ला साक्षर घोषणा हुन बाँकी छ ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।