काठमाडौं । इटालियन सिरी आको उपाधि नजिक पुगेको नापोलीको उत्सवलाई लक्षित गर्दै नक्कली सामान बिक्री भइरहेको पाइएको छ ।
इटालियन प्रहरीकाअनुसार नेपल्स शहरको भीड-भाडयुक्त भेग स्प्यानिस क्वार्टर र भिया टोलेडोमा गरिएको छापामा २० हजारभन्दा बढी नक्कली खेल सामग्री बरामद गरिएको छ ।
जफत गरिएका सामग्रीमा नापोलीका पुराना तथा हालका जर्सी, सर्ट, मफलर र टोपीहरू रहेका छन । ती सामानहरूको अनुमानित बजार मूल्य ३ लाख युरोभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
यस मामलामा १८ जनामाथि नक्कली सामान उत्पादन, चोरीको सामान राखेको र व्यापारिक ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा परेकामध्ये ७१ वर्षीय एक व्यक्तिले स्प्यानिश क्वार्टरको 'म्याडोना मुराल' नजिकै पसल सञ्चालन गरिरहेका थिए ।
सो स्थान नापोली र अर्जेन्टिनाका पूर्व कप्तान डिएगो मराडोनालाई समर्पित स्थल मानिन्छ। न्युन गुणस्तरका ती सामानहरू ५० युरोमा पर्यटक र समर्थकहरूलाई बेचिएको थियो ।
नापोली अहिले सेरी आमा तालिकामा इन्टर मिलानभन्दा एक अंकले अगाडि छ । आज राति हुने खेलमा काग्लियारीमाथि जित निकाल्न सके नापोलीले चौथो पटक इटालियन लिग उपाधि जित्नेछ ।
सन् २०२३ मा ३३ वर्षपछि उपाधि जित्दा नेपल्समा भव्य उत्सव मनाइएको थियो । यसअघि म्याडोनाको नेतृत्वमा क्लबले १९८७ र १९९० मा उपाधि जितेको थियो ।