लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्ः गृहमन्त्री लेखक

जेष्ठ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्ः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले लागुऔषधको नियन्त्रण जरूरी रहेको बताउनु भयो । यस्तै उहाँले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताउनु भयो । 

उहाँले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको बताउनु भयो । उहाँले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई निर्देशन समेत दिनुभएकाे छ ।

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने गृहमन्त्री लेखककाे भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.