लाङटाङ ट्रेल रन जेठ २४ गते आयोजना हुने

जेष्ठ ८, २०८२ |खेल ब्युरो
लाङटाङ ट्रेल रन जेठ २४ गते आयोजना हुने

काठमाडौं । रसुवा-नुवाकोट पर्यटन समाजले लाङटाङ क्षेत्रको साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित 'लाङटाङ ट्रेल रन-२०८२' आगामी जेठ २४ गते आयोजना गर्ने भएको छ । बागमती प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र गोसाइँकुण्ड गाउँपालिकाको सहयोगमा आयोजना हुने ३२ किलोमिटर दूरीको दौड क्यन्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेंसीमा सम्पन्न हुनेछ ।

नेपाली तथा विदेशी गरी करिब १०० जना धावकको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा सहभागिता जनाउन जेठ २० गतेसम्म अनलाइनमार्फत नाम दर्ता गर्नु पर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो स्थान प्राप्त गर्ने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् ।