जेनेभा ओपन टेनिस : क्ले कोर्टमा जोकोभिचकाे पहिलो जित

जितपछि जोकोभिच क्वाटरफाइनल प्रवेश
जेष्ठ ८, २०८२ |खेल ब्युरो
जेनेभा ओपन टेनिस : क्ले कोर्टमा जोकोभिचकाे पहिलो जित

काठमाडौं । नोभाक जोकोभिचले यो सिजन क्ले कोर्टमा पहिलो जित हात पारेका छन । सर्वियन जोकोभिचले जेनेभा ओपन टेनिसमा मार्टोन फुचोभिचलाई सोझो सेटमा पराजित गरेका हुन् ।

स्विटजरल्यान्डमा प्राप्त यो जितपछि जोकोभिच क्वाटरफाइनल प्रवेश गरेका छन । पुर्व नम्बर एक जोकोभिचले हंगेरीयन फुचोभिच विरुद्धको पहिलो सेट ६-२ ले जितेका थिए । 

दोस्रो सेटमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायमै राखे । ६-३ ले सेट आफ्नो पक्षमा पार्दै जोकोभिचले अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन् । उनले क्लेमा पछिल्लो पटक गत जुलाईमा पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । 

सन् २०२५ मा भने जोकोभिचले क्ले कोर्टमा संघर्ष गर्दै आएका थिए । उनले मोन्टे कार्लोमा अलेहान्द्रे टाबिलो र मड्रिड ओपनमा माटेयो अर्नाल्टीसँग हार बेहोरेका थिए । 

आज ३८औं जन्मदिन मनाइरहेका २४ पटकका ग्रान्डस्लाम जोकोभिचले फुचोभिचलाई पराजित गर्न ७७ मिनेट समय खर्चिएका थिए । उनी आफ्नो करियरको एक सयौं एटिपी उपाधि जित्ने लक्ष्यमा छन ।