माइया र राडुकानु स्ट्रासबर्ग इन्टरनेसनलकाे प्री- क्वार्टरफाइनलमा प्रवेश

जेष्ठ ६, २०८२ |खेल ब्युरो
माइया र राडुकानु स्ट्रासबर्ग इन्टरनेसनलकाे प्री- क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिलकी ब्याट्रिज हाद्दाद माइया र बेलायतकी एम्मा राडुकानुले स्ट्रासबर्ग इन्टरनेसनलमा शानदार जित निकाल्दै डब्लुटीए पाँच सय प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन ।

यो प्रतियोगिता पनि फ्रेन्च ओपनको तयारीका रूपमा खेलिँदैछ । हाद्दाद माइयाले डेनमार्ककी क्लारा टाउसनसँग पुनरागमन जित हात पारेकी हुन् । पहिलो सेट सेट ३-६ ले गुमाए पनि उनले खेलमा सानदार पुनरागमन गरिन् । 

हाद्दाद माइयाले बाँकी दुई सेट क्रमस ६-४ र ७-५ ले आफ्नो पक्षमा पार्दै संघर्षपूर्ण जित हात पारिन् । यो जितसँगै उनले फ्रेन्च ओपनअघि आत्मविश्वास बढाउने मौका पाएकी छन ।

एम्मा राडुकानुले भने सहज जित दर्ता गरिन् । उनले अष्ट्रेलियाकी दारिया कसात्किनालाई ६-१ र ६-३ ले पराजित गर्दै प्री- क्वार्टरफाइनलमा स्थान बनाइन् ।कसात्किनाले अन्तिम सेटमा तीनवटा म्याच पोइन्ट बचाउँदै संघर्ष गरिन् । तर, अन्ततः राडुकानुले क्ले कोर्टमा आफ्नो पकड जमाउँदै खेल समाप्त गरिन् ।