काठमाडौं । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा उसले पाहुना टोलीविरूद्ध संघर्षपूर्ण जित हात पारेको हो।
खेलको चौथो मिनेटमा नै चेल्सीले राम्रो अवुर गुमायो। मोसेस काइसेडोले दिएको पासमा पाल्मरले मुडुकेलाई मिलाइ दिएको बलमा उनले पोस्टमाथि प्रहार गरेका थिए। यता १६औं मिनेटमा युनाइटेडका हेरी मग्वायरले गोल गरेको ठानेको भए पनि रेफ्रीले उनको गोललाई मान्यता दिन अस्वीकार गरे।
भारतले उनी अफसाइड देखाएपछि गोल रद्द भएको हो। चेल्सीले २४औं मिनेटमा दोस्रो अवसर गुमायो। यससँगै खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५१ औं मिनेटमा अमाद गोलमा असफल भए।
६१औं मिनेटमा चेल्सीलाई पेनाल्टी अवार्ड गरिएको भए पनि भारको रिभ्यूबाट रेफ्रीले आफ्नो निर्णय फिर्ता लिनु परेको थियो। नाटकीय बनेको खेलमा चेल्सको लागि ७१ औं मिनेटमा म्याक कुकुरेयाले गरेका गोल नै निर्णायक बनेको थियो। उनले रिस जेम्सको पासमा गोल गरेका हुन्।
पछिल्लो समय केही राम्रो प्रदर्शन गरिहेको चेल्सीले स्ट्यामर्फड रंगशालामा भने २०२५ मा हार ब्यहोरेको छैन। यता जारी लिगमा भने यो युनाइटेडको १८औं पराजय हो।
ऊ अंकतालिकाको १६औं स्थानमा छ। युनाइटेडले ३७ खेलबाट ३९ अंक बनाएको छ। उद्यपी उसलाई रेलिगेसनको भय भने छैन। रेलिगेसन हुने तीन टिमको यसअघि नै पक्का भइसकेको छ।
यता चेल्सी भने ३७ खेलमा १९ जित र नौं बराबरीसाथ ६६ अंक बनाएर लिगको अंकतालिकाको चौथों स्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा भने एस्टन भिल्लाले टोटेनहमलाई २-० ले हराएको छ।