साफ अन्डर नाईन्टिन च्याम्पियनसिपकाे सेमिफाइनमा नेपालले आज बंगलादेशको सामन गर्ने

जेष्ठ २, २०८२ |खेल ब्युरो
साफ अन्डर नाईन्टिन च्याम्पियनसिपकाे सेमिफाइनमा नेपालले आज बंगलादेशको सामन गर्ने

काठमाडौं । नेपालले आज साफ अन्डर नाईन्टिन च्याम्पियनसिपमाको सेमिफाइनमा बंगलादेशको सामन गर्नेछ। अरूणाञ्चल स्थित गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा नेपालले फाइनल प्रवेशको लागि बंगलादेशको सामना गर्न लागेको हो।

यो उमेर समूहमा दुई पटकको विजेता नेपाल तेस्रो उपाधि जित्ने यो जनामा रहेको छ। यससागै समुह बी को उपविजेता बनेको नेपाल आज अग्रपंक्तिलाई बलियो बनाएर फाइनल पुग्न चाहन्छ । 

यता बंगलादेश भने समूह ए को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो। उसले समूहमा भुटान हराएको थियो भने माल्दिभ्ससँग बराबरी खेलेको थियो। नेपाल भने समुहको अन्तिम खेलमा घरेलु टिम भारतसँग ४-० गोलले पराजित भएको थियो भने पहिलो खेलमा श्रीलंकाविरूद्ध ५-०को रोमाञ्चक जितसहित विजयी भएको थियो। 

नेपालले यसअघि घरेलु मैदानमा भएको यू-२० साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसाग नै हार ब्यहोरेको थियो। त्यसैले आज नेपाल त्यहो हारको बदला लिने र फाइनल पुग्ने योजनामा छ। 

सिनियर टिममा खेलिसकेका सुवास बम आजको खेलको केन्द्रमा रहने खेलाडी हुन्। नेपालले यो उमेर समुहमा सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो। त्यसयता नेपाल एक पटक मात्रै फाइनल पुगेको छ। 

सन् २०२२ मा भारतमा नै आयोजना भएको च्याम्पियन सिपमा नेपाल तेस्रो मात्रै भएको थियो। यो प्रतियोगितामा नेपाललाई उमेर समूहको साफमा नेपालको डेडलक तोड्ने अवसर रहनेछ। 

जारी साफमा नेपालका लागि धरवेन्द्र कुँवर, सुजन डंगोल, सुबास बम, विज्ञान खड्का र लक्षु थापाले गोल गरिसकेका छन। यो खेल दिउँसो पौने ४ बजे सुरू हुनेछ। यसैगरी भारत र माल्दिभ्सबीचको दोस्रो सेमिफाइनल आज राति पौने ८ बजे हुनेछ।