काठमाडौं । चीनकी किनवेन झेनले पहिलो पटक आरिना साबालेन्कामाथि जित हात पारेकी छिन ।
इटालियन ओपनको क्वाटरफाइनलमा झेनले विश्व नम्बर एक साबालेन्कालाई सोझो सेटमा पराजित गरेकी हुन् ।
यो खेलका लागि रोमको कोर्टमा उत्रनु अघि झेन बेलारूसी साबालेन्काविरुद्ध ० -६ ले पछि थिइन् । अर्थात् साबालेन्काले यसअघि भएका ६ भेटमा झेनलाई पराजित गरेकी थिइन् ।
तर, उनी सातौं पटक भाग्यमानी बन्न सकिनन् । पहिलो सेटमा झेन ६-४ ले विजयी भइन् । दोस्रो सेट ६-३ ले जित्दै झेनले अन्तिम चारमा स्थान बनाएक हुन् । यी दुई क्लेमा पहिलो आमने सामने भएका थिए ।
एक घन्टा ३७ मिनेटसम्म चलेको खेलमा साबालेन्काले २७ अन्फोस्रड एरर गरेकी थिइन् । ओलम्पिक च्याम्पियनसँग खेल हारेपछिको निरासा उनले कोर्टमा पनि देखाइन् । झेन डब्लुटीए थाउजेन्ड इभेन्टको सेमीफाइनल पुगेको यो तेस्रो पटक हो ।