टोटनहम हटस्पर पनि युएफा युरोपा लिगको फाइनलमा

वैशाख २६, २०८२ |खेल ब्युरो
टोटनहम हटस्पर पनि युएफा युरोपा लिगको फाइनलमा

काठमाडौं । इंग्लिस टोली टोटनहम हटस्परले पनि युएफा युरोपा लिगको फाइनलमा स्थान बनाएको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा नर्वेको बोडो-ग्लिम्टलाई २-० ले पराजित गर्दै समग्रमा ५-१ को जितसहित टोटनहमले फाइनलमा स्थान बनाएको हो ।

टोटनहमले पहिलो लेगमा बनाएको अग्रतालाई कायम राख्दा दोस्रो लेगमा डोमिनिक सोलाङ्के र पोरोले समान १-१ गोल गरे । सोलाङ्केले ६३ औं मिनेटमा रोमेरोको पासमा गोल गर्दा ६९ औं मिनेटमा पोरोको क्रस सिधै गोलमा परिणत भएको थियो । बोडोले घरेलु मैदानमा बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन ।