
काठमाडौं । नुवाकोटमा सम्पन्न प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।
आदर्श बहमुखी क्याम्पसको खेल मैदानमा आज भएको फाइनलमा एपीएफले नेपाली नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै च्यामिपयन बनेको हो । एपीएफले खेल अवधीभर पुलिसलाई दवावमा राखेपनि गोल गर्न संघर्ष गर्नु पर्यो ।
८६ औं मिनेटमा अनित केसीले एपीएफका लागि बिजयी गोल गरिन् । अनिता बस्नेतको कर्नरमा अनितले हेडमार्फत् गोल गरेकी हुन् ।
च्याम्पियन बनेसँगै एपीएफले ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताका सबै विधागत उत्कृष्ट एपीएफकै खेलाडी चुनिए ।