काठमाडौं । कोर क्याम्पकै अर्को खेलमा नेपाल निलोले नेपाल पहेलोलाई पराजित गरेको छ । निलोले पहेंलोलाई ३ विकेटले हराएको हो ।
मुलपानीको तल्लो मैदानमा टस जितेर ब्याटिङ गरेको पहेंलोले ४७ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय २३ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनर कुशल भुर्तेलले ४८ रन बनाएका थिए ।
मयन यादव १४ र अर्जुन घर्ती १५ रनमा बाहिरिए । सुजन थपलियाले सर्वाधिक ६० र रूपेश सिंहले ५१ रनको अर्धशतकीय योगदान दिए । कमलसिंह ऐरी १६ रनमा आउट भए । निलोका लागि अभिनाश बोहोरा, सूर्य तामाङ, कप्तान रोहित पौडेल र दिपेश कँडेलले समान २-२ विकेट लिए ।
२ सय २४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको निलोले ४३ ओभर ३ बलमा ७ विकेट गुमाएर जित हासिल गर्यो । उसका लागि अनिलकुमार साहले २१ रन बनाए ।
रोहित २७ रनमा आउट भए । गुल्सन झाले ५२ रन जोड्दा कुशल मल्लले सर्वाधिक ९४ रनको अविजित अर्धशतकीय योगदान दिए । पहेंलोका लागी विशाल पटेल र कमलले समान २-२ विकेट हात पारे ।
यससागै निलोले ५ खेलमा २ जित सहित ४ अंक जोडेको छ । ऊ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ४ अंकनै जोडेपनि पहेलो नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।