एपीएफ क्लब भोजपुरमा जारी मेयरकप फुटबलको फाइनलमा

वैशाख १९, २०८२ |अर्जुन बस्नेत
एपीएफ क्लब भोजपुरमा जारी मेयरकप फुटबलको फाइनलमा

भोजपुर । विभागीय टोली नेपाल एपीएफ क्लब भारतको जर्जियन फुटबल क्लबलाई पराजित गर्दै भोजपुरमा जारी मेयरकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनलमा एपीएफले १ - ० गोलअन्तरको कठिन जित हात पारेको हो । पहिलो हाफमा दुवै टिमले गोलरहीत बराबरी खेलेका थिए । 

नियमित समयमा पनि दुवै टिमबाट गोल हुन नसक्दा अतिरिक्त समयमा एपीएफका समिरराज ठोकरले निर्णायक गोल गरे । समिरराज नै म्यान अफ दी म्याच घोषित भए । 

 अब एपीएफले उपाधिका लागि आज हुने भगवती स्पोर्टस क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा आठ टिम सहभागी छन् ।


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।


सम्बन्धित