लस एन्जलस ओलम्पिकमा सहभागी हुने बारे जिम्नास्ट सिमोन बाइल्स अनिर्णित

वैशाख १०, २०८२ |खेल ब्युरो
लस एन्जलस ओलम्पिकमा सहभागी हुने बारे जिम्नास्ट सिमोन बाइल्स अनिर्णित

काठमाडौं । इतिहासकै सबैभन्दा सफल जिम्नास्ट सिमोन बाइल्सले २०२८ मा आफ्नै देशमा हुने लस एन्जलस ओलम्पिकमा सहभागी हुने कि नहुने बारे अझै निर्णय नगरेको बताएकी छन् ।

२०२४ को पेरिस ओलम्पिकमा पुनरागमन गर्दै उनले टिम, अल-अराउन्ड र भल्ट स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनले मानसिक स्वास्थ्यका कारण टोकियो ओलम्पिक गुमाएकी थिइन् । बाइल्सले आत्मविश्वास गुमाएपछि गरिएको पुनरागमनलाई शानदार भएको बताएकी थिइन् ।

विश्वकै सबैभन्दा सफल जिम्नास्ट बाइल्सलाई हालै मड्रिडमा आयोजित लरेउस स्पोट्स अवार्ड समारोहमा 'स्पोट्स वुमन अफ द इयर' घोषित गरिएको थियो । उनले यो पुरस्कार चौथोपटक जितेकी हुन् । जुन कीर्तिमान अमेरिकी टेनिसकी महान खेलाडी सेरेना विलियम्ससँग बराबरी हो ।