काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा दिल्ली क्यापिटल्सले छैटौं जित हात पारेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको हो । जारी सिजन दिल्लीले लखनऊविरुद्धका दुबै खेलमा जित हासिल गर्यो ।
दिल्लीको जितमा अविजित अर्धशतकीय इनिङ्स खेलेका केएल राहुल आईपीएलमा सबैभन्दा छिटो ५ हजार रन बनाउने ब्याटर बने । एकाना क्रिकेट रंगशाला, लखनऊमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।
एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरेपनि मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मारक्रम ३३ बलमा ५२ रन बनाएर आउट भए ।
दोस्रो विकेटको रूपमा निकोलस पुरन ९ रन बनाएर बाहिरिए । अब्दुल सामद २ रन मात्र बनाउन सके । मिचेल मार्स भने ४५ रनमा मुकेह कुमारको सिकार भए । आयुष बाडोनी ३६ रन जोडेर पबिलियन र्फकदा कप्तान ऋषभ पन्तको ब्याट यस खेलमा पनि चल्न सकेन ।
आईपीएल इतिहासकै सबै भन्दा महोंगा खेलाडी ऋषभ डक आउट भए । डेविड मिलर १४ रनमा अविजित रहे । दल्लीका लागी मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्क र दुस्मनथा चमिराको नाममा १-१ विकेट रहृयो ।
जवाफमा १ सय ६० रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्यो । ओपनर करूण नायर १५ रनमा आउट भए । दोस्रो विकेटका लागि अभिषेक पोरेल र केएल राहुलले ६९ रनको साझेदारी गरे ।
पोरेलले ३६ बलको सानमा गर्दै ५१ रन जोडे । केएल राहुलले ४२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रन बनाए । उनी आईपीएलमा सबैभन्दा छिटो ५ हजार रन बनाउने ब्याटर बने । उनले यो उपलब्धि केवल १ सय ३० इनिङमा हासिल गरेका हुान् । राहुलपछि डेभिड वार्नरले १ सय ३५ इनिङमा ५ हजार रन पूरा गरेका थिए । अक्षर अविजित ३४ रनमा रहे । लखनऊका लागी दुबै विकेट एडन मारक्रमले लिए ।
जितसागै दोस्रो स्थानमा रहेको दिल्लीले शीर्षस्थानमा रहेको गुजरात टाइटन्ससँगको दुरी शुन्यमा झारेको छ । दुबै टिमको ८ खेलमा १२ अंक छ । लखनऊले नवौं खेलमा चौधौं हार बेहाेर्याे । ऊ १० अंक सहित पाँचौं स्थानमा छ ।