आईपीएल २०२५ : राजस्थानमाथि लखनऊकाे रोमाञ्चक जित

वैशाख ७, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : राजस्थानमाथि लखनऊकाे रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिगमा लखनऊ सुपर जायन्टसले राजस्थान रोयल्समाथि दुई रनको रोमाञ्चक जित हात पारेको छ । लखनऊका लागि आवेश खानले अन्तिम ओभरमा शानदार प्रदर्शन गरे । यसै खेलमार्फत् राजस्थानका १४ वर्षिय वैभव सुर्यबंशीले आईपीएलमा डेब्यु गरेका छन् उनी आईपीएलमा डेब्यु गर्ने सवैभन्दा कान्छा खेलाडी हुन् ।

जयपुरमा टस जितेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मिचेल मार्श र निकलस पुरन भने सस्तैमा आउट भए । 

मार्शलाई चार रनमा जोफ्रा आर्चरले क्याच आउट गरे । ११ रन बनाएका पुरन संदिप शर्माको बलमा एलबिडब्लु भए । कप्तान रिसव पन्त फेरी चलेनन् । उनले मात्र तीन रनमा वानिन्डु हसरंगालाई विकेट दिए । 

 ५४ रन तीन विकेटको स्थितीमा पुगेको लखनऊको इनिङसलाई ऐइडेन माक्रम र आयुष बडोनीले सम्हाले । माक्रमले ४५ वलमा ६६ रनको योगदान गरे । बडोनीले ५० रन बनाए । 

अब्दुल समाद ३० र डेविड मिल्लर ७ रनमा अविजीत रहे । समादले अन्तिम ओभरमा संदिपलाइ २७ रन प्रहार गरेका थिए । जवाफमा राजस्थानले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७८ रन मात्र बनाउन सक्यो । 

यसस्वी जैसवाल र वैभवले ८५ रनको ओपनिङ साझेदारी गर्दै राम्रो सुरूवात दिलाएका थिए । १४ वर्ष २३ दिनका वैभवले पहिलो बलमानै सार्दुल ठाकुरलाइ छक्का प्रहार गरेका थिए । उनले डेब्यु खेलमा २० वलमा ३४ रन बनाए । नितिस राना ८ रनमा पभेलियन फर्किए । 

यसस्वीले ७४ रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । संजु सामसङ चोटग्रस्त बनेपछि कप्तानी सम्हालेका रियान पराग ३९ रनमा मैदान बाहिरिए । राजस्थानलाई जितका लागि अन्तिम ६ बलमा ९ रन चाहिएको थियो । 

तर आवेसले सिमरन हिटमायरको विकेट लिदैँ  मात्र ६ रन खर्चिए । १२ रन बनाएका हिटमायरको सार्दुलले उत्कृष्ट क्याच लिएका थिए । आवेषाले तीन, सार्दुल र माक्रमले एक-एक विकेट हात पारे । 

तालिकाको तेस्रो स्थानमा रहेको लखनऊको आठ खेलबाट १० अंक छ । आठमा छैटौ हार बेहोरेको राजस्थान ४ अंकसहित आठौं स्थानमा छ । आईपीएलमा आज दिउसो पौने तीन बजे पञ्जाब र बैङलुरू तथा साँझ पौने आठ बजे मुम्बई र चेन्नई बीच खेल हुनेछ ।