आईपीएल २०२५ : दिल्लीद्वारा राजस्थान सुपर ओभरमा पराजित

वैशाख ४, २०८२ |खेल ब्युरो
आईपीएल २०२५ : दिल्लीद्वारा राजस्थान सुपर ओभरमा पराजित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग-आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गरेको छ । दुबै टिमले निर्धारित २० ओभरमा समान १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

यो आईपीएल इतिहासको १५औं सुपर ओभर थियो भने दिल्लीले हालसम्म खेलेका ५ सुपर ओभर मध्य चौंथो पटक जित हासिल गर्यो ।

अरूण जैटली स्टेडियममा त्यसअघि राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । 

अभिषेक पोरेलले ३७ बलमा ५ चौका र १ छक्का सहित ४९ रन जोडे । केएल राहुलले ३८ रन बनाउादा कप्तान अक्षर पटेलले ३४ बनाए । टि्रस्टान स्टब्स ३४ रनमा अविजित रहे । राजस्थानका लागी जोफ्रा आर्चरले २ विकेट लिए ।

जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निर्धारण गरिएको थियो । 

यशस्वी जैसवाल यशस्वी र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । सञ्जु ३१ रन बनाएर रिटायर्ड हर्ट भए । यशस्वीले ३७ बलमा ३ चौका र ४ छक्कासहित ५१ रन बनाए । 

रियान पराग ८ रनमा आउट भए । नितिशले ५१ रनको योगदान दिए । ध्रुव जुरेल २६ र सिमरन हिमेयर १५ रनमा नटआउट रहे । अन्तिम ओभरमा जितको लागि राजस्थानलाई ९ रनको आवश्यकता थियो। 

तर टोलीले ८ रन मात्र बनाउन सक्यो । मिचेल स्टार्कले अन्तिम ओभर बलिङ गरेका थिए । दिल्लीका मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले समान १-१ विकेट लिए ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउादै ११ रन बनाएको थियो । १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गर्यो । केएल राहुलले ७ र टि्रस्टान स्टब्सले ६ रन बनाएका थिए ।

यससँगै ६ मभ्य ५ खेल जितेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । सातौं खेलमा राजस्थानको यो पााचौं हार हो । ४ अंकसहित राजस्थान लिगको आठौं स्थानमा छ ।