काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलअन्तर्गत लो स्कोरिङ थ्रिलमा पञ्जाब किङ्सले कोलकाता नाइट राइडर्सविरुद्ध १६ रनको राेमाञ्चक जित हात पारेको छ। पहिलो इनिङ्समा १ सय ११ रनमा अल आउट भएको पञ्जाबले आईपीएल इतिहासकै सबैभन्दा कम योगफल रक्षा गरेर इतिहास रचेको हो ।
महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुल्लानपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।
ओपार, प्रियान्स आर्याले २२ रन बनाए । कप्तान श्रीयस अय्यरले खाता खोल्न सकेनन् । यसै खेलमार्फत् आईपीएलमा डेब्यू गरेका जोस इंग्लिसले २ रन मात्र बनाउन सके ।
प्राभसिम्रन सिंहले सर्वाधिक ३० रन, सशांक सिंहले १८ रन, नेहाल वादेराले १० र जेभियर बार्टलेटले ११ रन बनाए । उसका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोलकाताका हषिर्त रानाले ३ ओभर बलिङ गर्दै २५ रन खर्च गरेर ३ विकेट लिए । वरूण चक्रवर्ती र सुनिल नराइनको नाममा २-२ विकेट रहृयो ।
जवाफमा १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट भयो । सुनिल नराइन २ र क्विन्टन डि कक ५ रनमा आउट भए ।
कप्तान अजिञ्के राहणे र अङकृश रघुबंशीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गर्दै कोलकातालाई जिततर्फ अघि बढाएका थिए । राहणे १७ रनमा आउट भए । अङकृश २८ बलमा ३७ रन जोडे । २३ रन जोड्दाा ८ विकेट गुमएपछि कोलकाता पराजित हुन पुग्यो ।
भेन्कटेश्वर अयर ७ र रन्कु सिंह २ रनमा आउट भए । मनदीप सिंह रनको खाता खोल्न सकेनन् । आन्द्रे रसल १७ रनमा बाहिरिए । पञ्जाबका लागी युजबेन्द्र चहलले ४ ओभरमा २८ रनखर्चेर ४ विकेट लिए । मार्को यान्सनको नाममा ३ विकेट रहृयो ।
जारी आईपीएलमा पञ्जाबको यो चौथो जित हो । उ ६ खेलमा ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सात खेलमा चौथो हार बेहोरेको कोलकातासँग ६ अंकसहित छैटौं स्थानमा छ ।