रेलिगेशसनको खतरामा रहेको एम्पोलीमाथि नापोलीकाे सहज जित

वैशाख २, २०८२ |खेल ब्युरो
रेलिगेशसनको खतरामा रहेको एम्पोलीमाथि नापोलीकाे सहज जित

काठमाडौं । 'सिरी आ'मा नापोलीले रेलिगेशसनको खतरामा रहेको एम्पोलीमाथि 3-0 गोलको सहज जित हात पारेको छ । नेपल्सस्थित स्टाडियो डिएगो अर्मान्डो म्याराडोनामा गएराती भएको खेलमा घरेलु टिमले १८औं मिनेटमै गोलको खाता खोल्यो । 

उसका लागि स्कट मेक्टोमिनीले गोल गरेका हुन् । पहिलो हाफमा घरेलु टिम १-० ले अघि रह्यो । ५६औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि एम्पोली २-०ले पछि परेको थियो । ६१औं मिनेटमा मेक्टोमिनीले पुन: टिमका लागि गोल गरे । 

 त्यसको ६ मिनेटपछि मेक्टोमिनीले ह्याटि्रक गर्ने अवसर गुमाएका थिए । तर उनको प्रहार पोस्टमा लाग्यो । 'सिरी आ'मा यो सिजन मेक्टोमिनीले आठ गोल गरेका छन् । एम्पोलीले बाँकी समयमा पुनरागमन गर्न सकेन् । 

यो जितपछि नापोलीले शीर्ष स्थानको इन्टर मिलानसँगको दुरी तीन अंकमा झारेको छ । दोस्रो स्थानको नापोलीको ३२ खेलबाट ६८ र इन्टरको ७१ अंक छ । १९ औं स्थानमा यथावत एम्पोलीको २४ अंक छ ।