लुका मोड्रिच फुटबल क्लबको लगानीकर्ताको भुमिकामा देखिने

वैशाख २, २०८२ |खेल ब्युरो
लुका मोड्रिच फुटबल क्लबको लगानीकर्ताको भुमिकामा देखिने

काठमाडौं । क्रोएशिया तथा रियाल मड्रिडका लेजेन्ड लुका मोड्रिचले फुटबल क्लबको लगानीकर्ताको भुमिकामा एक पाइला अघि सारेका छन् ।

मोड्रिच च्याम्पियनसिप साइड स्वान्सी सिटीको लगानीकर्ता र सह मालिक बनेका हुन् । वेल्स मिडिया रिपोर्टका अनुसार ३९ वर्षिय मोड्रिच, अमेरिकी लगानीकर्ता एन्डी कोलमन, ब्रेट क्राभर्ट, निगेल मोरिस र जेसोन कोहेनको वनरसिप समुहमा जोडिएको उल्लेख गरिएको छ । 

मोड्रिचले कति प्रतिशत सेयर किनेका हुन त्यो भने खुलाइएको छैन् । तर उनले यो आफ्ना लागि उत्साहपुर्ण अवसर भएको प्रतिृकया दिए । मोड्रिचले स्पेनिस जायन्ट रियाल मड्रिडबाट व्यवसायिक खेल जीवनलाई निरन्तरता भने दिइरहनेछन् । 

सान्टियागो बर्नाबेउमा उनको सम्झौता सन २०२५ सम्मको रहेको छ । स्वान्सी वित्तिय संकटबाट गुज्रिरहेको समयमा मोड्रिचको लगानी आएको हो । मोड्रिचको आगमनसँगै स्वान्सीले प्रिमियर लिगमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिप तालिकामा स्वान्सी ५४ अंकका साथ १२औं स्थानमा रहेको छ ।