काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्टसमाथि ५ विकेटको जित हात पारेको छ । योसँगै चेन्नईको लगातार पाँच खेलदेखीको जितविहिन यात्रामा पनि पुर्णविराम लाग्यो । महेन्द्र सिंह धोनी र शिभम दुबेले खेल टुंग्याएका थिए ।
लखनऊस्थित एकाना स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । रविन्द्र जडेजा र नुर अहमदले कसिलो बलिङ गरेपछि लखनऊले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
यो जारी सिजनमा लखनऊको सबैभन्दा कम योगफल हो । घरेलु टिमका शीर्ष तीन ब्याटर सस्तैमा पभेलियन फर्किए । ओपनर ऐइडन माक्रम ६ रनमा खालिल अहमदको बलमा क्याच आउट भए ।
निकलस पुरनलाई अन्सुल कम्बोजले एलबिडब्लु धरापमा पारेका थिए । उनले मात्र ८ रन बनाउन सके । ३० रन बनाएका मिचेल मार्श जडेजाको बलमा बोल्ड हुँदै मैदान बाहिरिए ।
आयुष बडोनीले २७ रन जोड्दा अब्दुल सामद २० रनमा रन आउट भए । कप्तान रिसव पन्तले सर्वाधिक ६३ रन बनाए । उनको लखनउको जर्सीमा यो पहिलो अर्धशतक हो ।
४९ बल खेलेका रिसवले चार चौका र चार छक्का प्रहार गरे । जडेजाले तीन ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए । नुरले चार ओभरमा केवल १३ रन दिए । मथिसा पाथिरानाले दुइ विकेट हात पारे ।
जवाफमा चेन्नईले १९ ओभर तीन वलमा पाँच विकेटको नोक्सानीमा जित हात पारेको हो । यसै खेलमार्फत् आईपीएलमा डेब्यु गरेका साइक रासिद र रचिन रविन्द्रले ५२ रनको ओपनिङ साझेदारी गरे ।
रासिदले २७ र रचिनले ३७ रन जोडे । रवि बिस्नोइ र दिग्वेश राठीले लखऊनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । राहुल त्रिपाठी ९ तथा जडेजा ७ रनमा बिस्नोइ र विजय शंकर ९ रनमानै राठीको बलमा आउट भएपछि चेन्नइमाथि दवाव बन्यो ।
कप्तान महेन्द्र सिंह धोनी जितका लागि अन्तिम पाँच ओभरमा ५६ रन आवश्यक परेको अवस्थामा क्रिजमा आए । ४३ वर्षिय धोनीले ११ aलमा अविजीत २६ रन प्रहार गर्दै दुवेलाई साथ दिएपछि चेन्नईले जारी सिजन दोस्रो जीत हात पार्यो । दुबे ४३ रनमा अवीजीत रहे । तालिकाको पुच्छारमा रहेको चेन्नईको सात खेलबाट ४ अंक छ । चौथो स्थानमा रहेको लखनगको सात खेलबाट ८ अंक छ । आईपीएलमा आज पञ्जाब र कोलकाताबीच खेल हुनेछ ।