काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलको बाँकी सिजनका लागि महेन्द्रसिंह धोनीले फेरि चेन्नई सुपर किङ्सको कप्तानी सम्हाल्ने भएका छन्। कप्तान रूतुराज गायकवाडको हातमा चोट लागेपछि ४३ वर्षीय धोनीले पुनः नेतृत्वको जिम्मेवारी पाएका हुन्।
धोनीले सन् २००८ देखि २०२४ सम्म चेन्नईलाई पाँचवटा आईपीएल उपाधि दिलाउँदा कप्तानी गरेका थिए। पछिल्ला केही दिनमा उनको सम्भावित अवकाशको चर्चा चलेको थियो। विशेषतः गत शनिबार दिल्ली क्यापिटल्ससँगको खेल हेर्न उनका आमा-बुबा रंगशालामा देखिएपछि संन्यासको आँकलन गरिएको थियो।
तर अब उनले फेरि टोलीको जिम्मेवारी लिने पक्का भएको हो। चेन्नई सुपर किङ्सले सिजनका सुरूआती पाँच खेलमध्ये चार हार र एक मात्र जित निकालेको छ र १० टोली सहभागी लिगमा नवौँ स्थानमा रहेको छ। यस सिजन धोनीको ब्याटिङ औसत स्ट्राइक रेट ५१ दशमवल ५० रहेको छ।
तर उनले यो सिजन तीन पटक नटआउट रहँदा हासिल गरेका रनका कारण हो। उनले दुई पटक सर्वाधिक ३० रन बनाएका छन् । यस क्रममा १ सय ५३ दशमवल ७३ को स्ट्राइक रेट राखेका छन्।
टोलीका प्रमुख प्रशिक्षक स्टेफन फ्लेमिङका अनुसार पूर्व फिनिशरका रूपमा चिनिएका धोनी घुँडाको समस्याका कारण लामो समय ब्याटिङ गर्न सक्दैनन्।
फ्लेमिङले धोनीले १० ओभरसम्म ब्याटिङ गर्न नसक्ने भएकोले आवश्यक समयमा योगदान दिन सक्ने बताएका छन्। चेन्नइले आज राति कोलकाता नाइट राइडर्सको सामना गर्नेछ।