फिफा विश्वकपको युरोपेली छनोटमा इजराइलमाथि नर्वेको जित

चैत्र १३, २०८१ |खेल ब्युरो
फिफा विश्वकपको युरोपेली छनोटमा इजराइलमाथि नर्वेको जित

काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा नर्वेले इजराइललाई ४-२ ले हराएको छ । हंगेरीको नाग्यु-डेई रंगशालामा भएको खेलमा नर्वेले लगातार अग्रता बनाएर जित दर्ता गरेको हो। यससँगै समूह आइमा नर्वेले ६ अंक बनाएको छ ।

खेलको ३९ औं मिनेटमा नै नर्वेका लागि डेविड बोलर विल्फीले गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यससँगै पहिलो हाफमा नर्वे १-० ले अघि थियो। दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो।

५५ औं मिनेटमा इजराइलको लागि मोहम्मद अबु फानीले गोल फर्काए भने ५९औं मिनेटमै अलेक्जेन्डर सोरलोथले नर्वेलाई पुनः २-१ को अग्रतामा पुर्याएका थिए। ६५ औं मिनेटमा नर्वेको लागि क्रिस्टोफर अजरले गोल गर्दा ८३ औं मिनेटको गोल इर्लिङ हाल्यान्डको नाममा रहृयो। 

उनले नर्वेलाई ४-१ को अग्रतामा पुर्याएका थिए । तर स्टपेज समयमा डोर तुर्गेमनले गोल फर्काएपछि इजरायलले ४-२ को स्कोरमा खेल समाप्त गरेको थियो। गएरातिको जितपछि नर्वेले ६ अंक बनाउँदा समूह आईको तेस्रो स्थानमा इजराइलको तीन अंक छ ।

विश्वकपको युरोपेली छनोटमा गएराति नै वेल्सले उत्तरी म्यासेडोनियासाग १/१ गोलको बराबरी खेलेको छ। चेकियाले जिब्राल्टरलाई ४-० ले हराएको छ।