आईपिएल: गुजरात टाइटन्सद्वारा मुम्बई इन्डियनन्स पराजित

चैत्र १७, २०८१ |खेल ब्युरो
आईपिएल: गुजरात टाइटन्सद्वारा मुम्बई इन्डियनन्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपिएलको गएराति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियनन्सलाई ३६ रनले हराएको छ। पाँच पटकको विजेता मुम्बईले यो संस्करणको सुरुआति दुवै खेलमा हार ब्यहोरेको छ। ऊ पहिलो खेलमा चेन्नाईसँग पराजित भएको थियो।

गएराति अहमदावादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस जितेर मुम्बईले पहिले फिल्डिङ रोजेपछि गुजरातले पहिले ब्याटिङ गरेको थियो। गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। 

गुजरातका ओपनर साई सुदर्सनले ४१ बलमा ६३ रनको अर्धशतकीय पारी खेलेका थिए। उनले सो क्रममा ४ चौका र दुई छक्का प्रहार गरे। त्यसैगरी, अर्को ओपनर सुभ्मन गिलले पनि ३८ रनको योगदान गरेका थिए। 

ओपनिङमा यी दुई खेलाडीले ७८ रनको साझेदारी गरे। तेस्रो नम्बरका जस बटलरले ३९ रनको योगदान गरेसँगै गुजरातले दुई विकेट गुमाउँदा एक सय २९ रन बनाइसकेको सहज अवस्थामा थियो। तर चौथो नम्बरका साहरुख खान नौ रनमै आउट भए। 

सेरफन रुदरर्फडले पनि १८ रन मात्रै जोड्न सके। राहुत तेवतिया, राशिद खान र साई किसोर सस्तैमा समेटिएका थिए। यता मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए भने ट्रेन्ट बोल्ट, दिपक चहार, मुजिब उर रहमान र सत्यनारायण राजुले समान एक एक विकेट आफ्नो नाममा गरेका थिए। जवाफमा मुम्बईले ६ विकेट क्षतिमा एक सय ६० रन मात्रै बनाउन सक्यो। 

उसले अहिलेसम्म गुजरातको नरेन्द्र मोदी रंगशालामा जित हाासिल गर्न सकेको छैन। उसका ओपनर रोहित शर्मा र रायन रिकिल्टन क्रमशः ८ र ६ रनमा नै आउट भए। तेस्रो नम्बरका तिलक वर्माले सम्हालिएर खेल्दै ३९ रनको योगदान दिए। उनले चौथो नम्बरका सूर्यकुमार यादवसाग ५३ रनको साझेदारी गरेपछि मुम्बईले खेलमा फर्किने लक्ष्य देखाएको थियो। यादवले २८ बलमै ४८ रनको योगदान गरेका थिए। 

अन्तिममा हार्दिक र मिचेल सान्टनरले समान १८-१८ रन बनाउ पनि २० ओभरमा लक्ष्य पुरा गर्न सकेन्। मुम्बईलाई लक्ष्यसम्म पुगन नदिन गुजरातका मोहम्मद सिरज र प्रसिद कृष्णले समान २-२ विकेट लिएका थिए। कागिसो रबाडा र किशोरले पनि एक एक विकेट आफ्नो नाममा गरे। आईपिएलमा आज दुई खेल हुनेछन्।