न्युकासलका समर्थकले मनाए उपाधिको खुसीयाली

चैत्र १७, २०८१ |खेल ब्युरो
न्युकासलका समर्थकले मनाए उपाधिको खुसीयाली

काठमाडौं । न्युकासलका समर्थकले ७० वर्षपछि जितेको उपाधिको खुसीयाली गएराति मनाएका छन्। हिजो शनिबार राति न्यूकासल युनाइटेडका दशौँ हजार समर्थक सहरमा भेला भए, क्लबले ७० वर्षमा पहिलो पटक घरेलु ट्रफी जितेको खुसीयाली मनाएका हुन्।

खुला छाना भएको बसमा खेलाडी र अफिसियल राखेर गरिएको परेडका क्रममा सडक सेतो र कालो धर्के जर्सी लगाएर फ्यानहरु टिमको समर्थन गर्न बाटोमा आएका थिए। गत मार्च १६ मा वेम्बली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई २-१ ले पराजित गर्दै न्यूकासलले लिग कप उचालेको थियो। 

सात दशकपछिको यो उत्सवको साक्षि बन्न करिब १ लाख ५० हजार मानिस उपस्थित भएको रोयटर्सले उल्लेख गरेको छ। मानिसहरूले उक्त ट्रफीको झलक हेर्ने अपेक्षासाथ उपस्थित भएका थिए।

क्लबका प्रशिक्षक एडी हाउको लागि शनिबारको यो कार्यक्रम भावुक क्षण बन्यो। उनकै प्रशिक्षणमा क्लबले उपाधि खडेरी तोडेको थियो। सहरले सेंट जेम्स पार्क बाहिर ठूलो ब्यानर फहराउँदै उनलाई सम्मान गरेको थियो। 

बस र भिड - टाउन मूर साइटतर्फ अघि बढ्दै गर्दा उत्सवमा समार्थकले बालेको सेतो धुवाँले सारा क्षेत्र ढाकिएको थियो। र, समर्थक्ले क्लबलको थिम सङ पनि गाएका थिए। यो उत्साव राति लामो समय चलेको थियो।