काठमाडौं । केलियन एम्बाप्पेको दोहोरो गोल सहयोगमा रियल मडि्रडले पाहुँना टोली लेगानेसलाई हराएको छ। रियलकै सान्टिएगो बर्नाबेउ रंगशालामा भएको खेलमा रियलले ३-२ को पुनरागमन जित हाासिल गरेको हो।
खेलको ३२औं मिनेटमा रियलले पेनाल्टीको अवसर पाएको थियो। जुड बेलिङ्घमले लेगानेसका दुई डिफेन्डरलाई छक्याएर पास दिएको बल लिने क्रममा आर्दा गुलियरलाई पछाडिबाट ओस्कार रोडि्रग्वेजले खराब ट्याकल गरेका थिए।
त्यसपछि पाएको पेनाल्टीमा फरवार्ड एम्बाप्पेले रियललाई १-०को अग्रता दिलाए। तर पहिलो हाफमा नै लेगानेसले सो अग्रता खोसेको थियो। ३३औं मिनेटमा नै डिएगो गार्सियाले गोल फर्काएर खेल बराबरीको अवस्थामा पुर्याएका थिए।
रोडि्रग्वेजको कटब्याकपछि उनले गोल गरेका हुन्। त्यसैगरी ४१औं मिनेटमा ड्यानी राबाले गोल गरेसँगै रियलमा समर्थक स्तब्ध बनेका थिए। पहिलो हाफमा रियल २-१ ले पछि थियो। तर दास्रो हाफमा फरक रणनीतिका साथ मैदान फर्किएको कार्लो एन्सोलोटीको टोलीले गोल फर्काउन सफल भयो। ४७औं मिनेटमा जुड बेलिङ्घमले गोल गरे।
सो क्रममा सुरुआतमा बेलिङ्घमको प्रहार गोलकिपरले बचाएका थिए। सो रिबाउन्ड बलमा ब्राहिम डियाजको प्रहार गोललाईनबाट लेगानेसका डिफेन्डरले मैदानतर्फ फर्काएका थिए। त्यसपछि कामाभिङ्गाको प्रहार पनि रिबाउन्ड भएपछि सोही बल पुनः बेलिङ्घमले पोस्टमा पुर्याएका हुन्। यससागै रियल बराबरीको अवस्थामा फर्किएको हो।
खेलको ५३औं मिनेटमा ब्राहिम डियाजको प्रहार दोस्रो बारमा लागेर फकिएको थियो। ६१औं मिनेटमा प्रशिक्षकले भिनिसियस जुनियर र रोडि्रगोलाई मैदानमा पठाएका थिए। रोडि्रगोमाथिको फउलमा पाएको फ्रिकिकमार्फत् रियलले तेस्रो गोल गर्न सफल भएको हो।
७६औं मिनेटमा केलियन एम्बाप्पेले डि एरियाबाट गरेको प्रहार सिधै पोस्टमा पुगेको हो। यससागै खेल ३-२ को अवस्थामा समाप्त भएको हो। यो जितसागै रियलले शीर्षस्थानको बार्सिलोनासाग अंक बराबरी गरेको छ। दुवैको समान ६३-६३ अंक छ। पराजित लेगानेस २७ अंकसाथ रेलिगेसन जोनमा कायम छ।
ला लिगामा गएराति भएका अन्य खेलहरुमा रियल सोसिडाडले भालाडोलिडलाई २-१ ले हराएको छ भने एस्पानोयलले एट्लेटिको मडि्रडसाग एक एक गोलको बराबरी खेलेको छ। रायो भोलोकानोले अलाभेसलाई २-० ले हराएको छ। आज राति बार्सिलोनाले जिरोनाको सामना गर्नेछ।